४ जेष्ठ २०८१, शुक्रबार

कम समयमा निसान म्याग्नाइटको आक्रामक व्यापार

प्रकाशित मिति :  21 July, 2021 12:14 pm


काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको करिब साढे दुई महिनामै निसानको म्याग्नाइट गाडीले आक्रामक व्यापर गर्न सफल भएको छ । सार्वजनिक भएको ७४ दिनभित्र निसानको म्याग्नाइट गाडी ५ सय ७८ वटा विक्री भएका छन् ।

नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले हालसम्म ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरेको र १ हजार भन्दा धेरै बूकिङ्ग भइसकेकोे जनाएको छ ।

नेपालमा फेब्रुअरी २२, २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गरिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !