१३ बैशाख २०८१, बिहिबार

चीनबाट १० लाख डोज भेरोसेल खोप लिएर वायुसेवा निगमको जहाज काठमाडौं आइपुग्यो

प्रकाशित मिति :  22 July, 2021 3:00 pm


काठमाडौं । कोरोना (कोभिड-१०) विरुद्धको थप खोप आज काठमाडौं आइपुगेको छ । कोरोना संक्रमण विरुद्धको थप १० लाख डोज भेरोसेल खोप बिहीबार (आज) अपरान्ह काठमाडौं आइपुगेको छ ।

चीनको राजधानी बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेल जानकारी दिए ।

थप १० लाख डोज खोप ल्याउन निगमको जहाज पुनः आज राती ११ बजे बेइजिङ उठ्ने र भोलि दिउँसो २ बजे उक्त जहाज काठमाडौं ल्याण्ड हुने निर्देशक पौडेलले बताए ।

बाँकी डोज ल्याउन शनिबार उक्त जहाज पुनः शनिबार बेइजिङ जाने कार्यक्रम छ । यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो । उक्त कम्पनीसँग ४० लाख डोज खोप खरिदको सम्झौता भएको छ ।



प्रतिक्रिया दिनुहोस !