१७ बैशाख २०८१, सोमबार

काेराेनाकाे तेस्राे लहर चुनौतीपूर्ण हुने भन्दै अक्सिजन र शैया व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन

प्रकाशित मिति :  22 July, 2021 4:35 pm


काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि अघिल्लो हप्ताको तुलनामा कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन पनि भनेको छ ।

निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको उल्लेख गरेको छ ।

पछिल्लो एक सातादेखि देशका १० जिल्लामा संक्रिय संक्रमितको संख्या ५०० भन्दा माथि र २६ वटा  जिल्लामा २०० भन्दा माथि संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने तर्फ मध्यनजर गर्दै सबै स्वाथ्य्य संस्थाहरुमा अक्सिजन, शैया लगायतका पुर्वाधारहरु तथा सेवाहरु चुस्तदुरुस्त राख्न अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !