१७ बैशाख २०८१, सोमबार

पूर्ण खोप लगाउनेको संख्या साढे तेह्र लाख

प्रकाशित मिति :  24 July, 2021 5:42 pm


काठमाडौ । नेपालमा दोस्रो खोप लगाउनेहरूसमेत पूर्ण खाेप लगाउनेकाे संख्या १३ लाख ६६ हजार ४६ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार देशभर कोभिसिल्डको खोपको पहिलो डोज लगाउनेहरूको संख्या १८ लाख २८ हजार ४८४ ले लगाएको देखिन्छ ।

खाेप लगाउनेमा ४ लाख ६० हजार ३०८ जनाले कोभिसिल्डको दोस्रो मात्राका खोप लगाएका छन् । यो भारतबाट आएको खोप हो ।

यसैगरी चीनबाट आएको खोप भेरोसेलको पहिलो डोज लगाउनेहरूको संख्या १५ लाख ४८ हजार ७४४ रहेका छन् । भेरोसेलका दुबै डोज लगाउनेहरूको संख्या ६ लाख ९४ हजार ५६० जना रहेको देखिन्छ ।

नेपालमा एक डोज लगाउन खोप पनि दिन सुरु गरिएको छ । अमेरिकाले उपलब्ध गराएको एक डोजले पुग्ने जनसन एन जनसनको खोप २ लाख ११ हजार १७८ जनाले लगाएको पाइएको छ ।

बागमती प्रदेशमा १ लाख ७२ हजार ९७७, गण्डकीमा ३६ हजार ३४२, प्रदेश २मा १ हजार ८५९ ले जनसन एन जनसनको खोप लगाएका छन् ।

कोभिसिल्ड भारत सरकार बाट अनुदानमा १० लाख, भारतीय सेनाबाट १ लाख, सिरमसँग खरिद गरी ल्याएको १० लाख र कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार खोप नेपाल आइपुगेको हो ।

जनसन एन जनसन खोप अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत १५ लाख ३४ हजार ८५० आएको छ । यसैगरी भेरोसेल खोप चीनबाट अनुदानमा १८ लाख र खरिद गरेर १६ लाख आएकोसमेत गरी अहिलेसम्म ७३ लाख ८२ हजार ८५० डोज खोप नेपालमा भित्रिएको देखिन्छ ।

प्रधानमन्त्री सेर बहादुर देउवाले सदनमा जसरी पनि खोप ल्याउने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !