१७ बैशाख २०८१, सोमबार

दुग्ध क्षेत्रमा पुगेन खोप,आवश्यक साढे पाँच लाख डोज उपलब्ध गराउन एसोसिएनको माग

प्रकाशित मिति :  25 July, 2021 5:41 pm


काठमाडौं । दूध तथा दुग्ध पदार्थ उत्पादन तथा बजारीकरणको क्षेत्रमा संलग्नलाई कोरोना विरुद्धको अझै नपुगेकोमा नेपाल डेरी एसोसिएनले दुःख व्यक्त गरेको छ ।

दूध तथा दुग्ध पदार्थको क्षेत्रमा संलग्न किसान, उद्योगी तथा कर्मचारीहरुलाई पाँच लाख डोज खोप आवश्यक रहेको एसोसिएसनले जनाएको छ ।

“हाल देशभर दैनिक जोखिम मोल्दै काम गर्ने किसान र उद्योग तहका कर्मचारी गरि करिब ५ लाख ५० हजार जना रहेका छन्,” एसोसिएनले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, “हाल समयमा भ्याक्सिन उपलब्ध नभएकोले तल्काल देशभित्र रहेका यति धेरै किसान र उद्योगमा दैनिक काम गर्ने कर्मचारी मानसिक तनाबमा रहि दैनिक काम गरिरहेका छन् ।”

एसोसिएसनले समयमै खोप उपब्ध उपलब्ध गराई दैनिक काममा सहजीकरण गरि गरिदिनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ मन्त्रालय, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, सबै प्रदेश कृषि तथा सहकारी मन्त्रालय, प्रदेश दुग्ध विकास बोर्ड तथा ७५३ वटै स्थानीय निकायलाई अनुरोध गरेको छ ।

अति आवश्यक क्षेत्रमा परेका धेरै क्षेत्रलाई कोभिडको भ्याक्सिन उपलब्ध गराइए पनि दुग्ध क्षेत्रलाई पनि उपलब्ध गराउन अनुरोध गरिएको हो ।

“हाम्रा कर्मचारीले भ्याक्सिन पाएका छैनन् । दुग्ध व्यवसाय अति संबेदनसिल अत्यावश्यक बस्तुभित्र रहेको र दैनिक जोखिम मोल्दै अग्रपंक्तिमा रहि बजार लगायत भिडभाडमा रहि काम गर्नुपर्ने हुन्छ,” विज्ञप्तिमा भनिएकोछ, “हाम्रो यो क्षेत्रमा सरकारले अग्रपंक्तिमा रहि काम गर्ने डेरी क्षेत्रका ब्यक्तिहरुलाई पहिलो प्राथमिकता दिइ भ्याक्सिन उपलब्ध गराई सहज वातावरण बनाउनुहुन अनुरोध गरिन्छ ।”



प्रतिक्रिया दिनुहोस !