२१ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा देशभर ३८४० जना कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु

प्रकाशित मिति :  28 July, 2021 4:57 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमित थपिएका छन् भने त्यस्तै ३३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमित थपिएका छन् । जस मध्ये काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १९९३ जना कोरोना संक्रमणमुक्त भएका भने देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !