२३ बैशाख २०८१, आइतबार

विभिन्न ३ वटा कम्पनीलाई बोर्डले दियो आइपीओ निष्कासनको अनुमति

प्रकाशित मिति :  30 July, 2021 1:15 pm


काठमाडौं । विभिन्न ३ वटा कम्पनीलाई नियामक निकाय धितोपत्र बोर्डले प्राथमिक सेयर निष्कशनको लागि अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड, साहास उर्जा लिमिटेड, र बुद्धभूमी नेपाल हाइड्रोपावर कमपनी लिमिटेडलाई साधारण सेयर (आइपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड
नियामक निकाय नेपाल धितोपत्र बोर्डले न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडलाई ४० लाख कित्ता सेयर आइपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको छ ।

कम्पनीले मंसिर १० गते, बुधबार नियामक बोर्डमा आइपीओ निष्काशनको अनुमति माग्दै निवेदन पेश गरेको थियो । जसअनुसार बोर्डले श्रावण ११ गते अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न निवेदन पेश गरेको हो ।

कम्पनीको उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककमा ग्लोबल आइएमई क्यापिटलाई नियुक्त गरेको छ ।

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड

नियामक निकाय नेपाल धितोपत्र बोर्डले बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडलाई १२ लाख कित्ता साधारण सेयर (आइपीओ) निष्काशनको लागि अनुमति प्रदान गरेको छ ।

कम्पनीले माघ ८ गते बिहीबार बोर्डमा आइपीओ निष्काशनको अनुमति माग्दै निवेदन पेश गरेको थियो । जसअनुसार बोर्डले श्रावण १४ गते अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

साहस उर्जा कम्पनी लिमिटेड

नियामक निकाय धितोपत्र बोर्डले साहास उर्जा कम्पनी लिमिटेडलाई १ करोड ५ लाख कित्ता साधारण सेयर आइपीओ निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।

कम्पनीले गत मंसिर २४ गते, बुधबार आइपीओ निष्कासनको अनुमति माग्दै निवेदन पेश गरेको थियो । जसअनुसार बोर्डले श्रावण १४ गते अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो ।

कम्पनीले उक्त सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !