२४ बैशाख २०८१, सोमबार

सामाजिक संजाल विज्ञापनकाे काराेबार अबैधानिक, वैधानिक च्यानल प्रयाेग गर्न राष्ट्र बैंककाे निर्देशन

प्रकाशित मिति :  31 January, 2020 8:26 pm


काठमाडौं, १७ माघ ।

नेपाल राष्ट्र बैंकले हाल सामाजिक संजालमा विज्ञापनका लागि भइरहेकाे अार्थिक गैर कानूनी बताएकाे छ। सुक्रबार सूचना जारी गर्दै फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा हुने विज्ञापनका लागि रकम पठाउन, पाउन अनिवार्य रुपमा बैधानिक च्यानल प्रयोग गर्न अाव्हान गरेकाे छ ।

राष्ट्र बैंकले फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापन वापत अनौपचारिक माध्यमबाट बाहिरिने तथा भित्रिने रकम गैरकानुनी हुने ठहर गर्दै अबका दिनमा बैंकिङ प्रणालीमा आबद्ध भएर मात्र काराेबार गर्न भनेकाे हाे । यस्ता कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले त्यस्तो कारोबार गरेको पाइएमा विदेशी बिनिमय ऐन २०१९ अनुसार कारबाही हुने जनाएकाे छ ।

विदेशी विनियम २०१९ को दफा १७ बमोजिम बैंकले तोकेको कुनै पनि प्रक्रिया विपरीत कुनै पनि व्यक्तिले कुनै काम गरेमा सो काम गरे वापत कसुरसँग सम्बन्धित विदेशी विनियम जफत गरी त्यस्तो व्यक्तिलाई बिगो बमोजिमको जरिवाना लेखी तीन गुणासम्म जरिवाना हुनेछ ।

उप दफा १ बमोजिम बिगो कायम गर्दा रकम खुल्न वा खुलाउन नसकिने अवस्था आइपरेमा कसुरको मात्रा हेरी २ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । सम्बन्धित विदेशी बिनिमय जफत गर्न नमिल्ने अवस्थाको कसुरहरुका सम्बन्धमा सो कसुरसँग सम्बन्धित विदेशी बिनिमयको विगो कायम गरी त्यसरी कायम हुन आएको बिगो बमोजिम जरिवाना बमोजिम बिगोको तीन गुणासम्म थप जरिवाना हुने उल्लेख छ ।

हाल सामाजिक संजालमा विज्ञापन मार्फत् रकम तिर्न र प्राप्त गर्न विदेशमा भएका अाफन्त वा चिनेजानेकाे व्यक्तिसँग अनाैपचारिक काराेबार गरेर काम गरिदै अाइएकाे छ । यद्यपी हालसम्म सिधै रकम तिर्न वा भुक्तानी गर्न सिधा इलेक्ट्रिक काराेबार गर्ने व्यवस्था भने हालसम्म छैन ।



प्रतिक्रिया दिनुहोस !