१५ बैशाख २०८१, शनिबार

रुपन्देहीमा सडक दुर्घटना कम गर्न गाईका घाँटीमा ‘रिफ्लेक्टर स्टिकर’

प्रकाशित मिति :  4 August, 2021 4:35 pm


बुटवल । सडकका छाडा गाई वस्तुका कारणले हुन सक्ने सम्भावित दुर्घटना कम गर्न ट्राफिक प्रहरीले नयाँ जुक्ती निकालेको छ, गाईका घाँटीमा रिफ्लेक्टर स्टिकर जोड्ने ।

रुपन्देही जिल्लास्थित सिद्र्धाथनगरपालिकाका मुख्य सडकहरुमा भेटिने छाडा चौपायलाई समाएर जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही बाट खटेको ट्राफिक प्रहरीको टोलीले रिफ्लेक्टर स्टिकर टाँसेको हो ।

टल्कने रिफ्लेक्टर स्टिकरले रातको समयमा सडकमा चौपाय रहेको थाहा दिने हुनाले दुर्घटना कम हुने प्रहरीले जनाएको छ । बुधबार मात्र १५ चौपायको घाँटीमा रिफ्लेक्टर स्टिकर टाँसिएको छ ।



प्रतिक्रिया दिनुहोस !