५ जेष्ठ २०८१, शनिबार

जापानले अनुदानमा दिएको थप ३ लाख डोज खोप नेपाल आइपुग्यो

प्रकाशित मिति :  8 August, 2021 3:34 pm


काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत जापान सरकारले अनुदानमा दिने भनेको कोभिड १९ विरुद्धको खोप काठमाडौं आइपुगेको छ ।

जापानले पहिलो चरणमा पठाएको एस्ट्राजेनेकाको थप तीन लाख डोज खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि शनिबाट जापानले पाँच लाख डोज खोप आएको थियो ।

बाँकी खोप एक सातापछि आउने मन्त्रालयले जनाएको छ । जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो ।



प्रतिक्रिया दिनुहोस !