२० बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा देशभर ३२६० जना कोरोना संक्रमित थपिए, ३२ जनाको मृत्यु

प्रकाशित मिति :  12 August, 2021 5:45 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जनामा र ४ हजार ६५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा देशभरका अस्पतालबाट २ हजार २९४ जना निको भएर डिस्चार्ज भएको छ। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३७७ पुगेको छ। संक्रमणमुक्त हुने दर ९३.३ प्रतिशत पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ। तीमध्ये ७३७ जना बिरामी आईसीयूमा छन् भने १८३ जना भेन्टिलेटरमा छन्।

यसैगरी होम आइसोलेसनमा ३४ हजार ८३८ जना, संस्थागत आइसोलेसनमा ३ हजार ३४२ जना र क्वारेन्टिनमा ४४१ जना रहेका छन्।

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३२ जनाको मृत्यु भएको छ भने हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ।

त्यसतै काठमाडौं उपत्यकामा आज ११३३ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ८११, ललितपुरमा १९२ र भक्तपुरमा १३० जना संक्रमित थपिएका छन् ।

हालसम्म संक्रमणबाट मृत्युहुनेको संख्या १० हजार २१२ पुगेको छ भने कूल संक्रमित संख्या ७ लाख २५ हजार (पीसीआर) र ७२ हजार (एन्टीजेन) पुगेको छ । त्यस्तै हालसम्म निको हुने संख्या ६ लाख ७७ हजार पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !