२० बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा देशभर ३४५१ संक्रमित थपिए, ३५ जनाको मृत्यु

प्रकाशित मिति :  16 August, 2021 5:11 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४५१ जना कोरोना संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

१० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ जना रहेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये ३६ हजार ३७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९५ जना आईसीयू र १९७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मन्त्रालयको तथ्यांक अनुसार १० वर्ष मुनिका ५० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै गत २४ घण्टामा १ लाख ५८ हजार ३३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !