१९ बैशाख २०८१, बुधबार

भारतमा एक दिनमै ८८ लाख डोज खोप लगाएर नयाँ रेकर्ड

प्रकाशित मिति :  17 August, 2021 6:23 pm


नयाँ दिल्ली । भारतमा एक दिनमै सबैभन्दा धेरै खोप लगाएर नयाँ रेकर्ड कायम गरेको छ । हिजो सोमबार देशभर ८८ लाख १३ हजार जनालाई खोप लगाएर नयाँ रेकर्ड कायम भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले सम्म विश्वमा कति कतै पनि एक दिनमा यति धेरै खोप नलाएको मन्त्रालयले जिकिर गरेको छ ।

केन्द्रिय स्वास्थ्य मन्त्री मसुख मंडाविया ले मंगलबार एक ट्वीट गर्दै भारतमा विश्वकै सबैभन्दा ठूलो खोप अभियान चलाइएकोमा देशबासिलाई बधाई दिदै अहिलेसम्म ५५ करोड डोज खोप लगाइसकेको बताए ।

त्यस्तै भारतमा अहिलेसम्म ५० लाख डोज भन्दा धेरै खोप लगाइसकिएको छ । २८ जुनमा ५३ लाख,२५ जुनमा ७० लाख, २१ जुनमा ८७ लाख, ३ जुलाईमा ६६ लाख, १३ जुलाईमा ६२ लाख, १७ जुलाईमा ५२ लाख, १९ जुलाईमा ५३ लाख, २२ जुलाइमा ५५ लाख २६ जुलाईमा ६७ लाख २९ जुलाईमा ५३ लाख, ३० जुलाईमा ५४ लाख ३१ जुलाईमा, ८७ लाख, २ अगस्टमा ६३ लाख, ३ अगस्टमा ६७ लाख, ६ अगस्टमा ५६ लाख, ७ अगस्टमा ५७ लाख, ९ अगस्टमा ५८ लाख, १२ अगस्टमा ५९ लाख, १३ अगस्टमा ६६ लाख १४ अगष्टमा ७६ लाख १६ अगस्टमा ८८ लाख डोज खोप लगाइएको भारतीय संचारमाध्याम दैनिक भाष्करले जनाएको छ ।

पछिल्लो समय देशमा कोरोना संक्रमणबाट मुक्त हुनेको दर ९७.५७ प्रतिशत पुगेको छ । यो मार्च २०२०देखि अहिलेसम्म सबैभन्दा धेरै हो । देशमा ३ करो २२ लाख भन्दा धेरै व्यक्ति कोरोना संक्रमित भएका थिए ।

त्यस्तै हिजो भारतमा हालसम्मकै कम कोरोना संक्रमित भेटिएका थिए । हिजो १६ अगष्टमा २४६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको र यो १५४ दिन पछिको सबैभन्दा कम संख्या भएको दैनिक भाष्करले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !