२० बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा देशभर ३४०३ जना संक्रमित थपिए, ४२ जनाको मृत्यु

प्रकाशित मिति :  18 August, 2021 4:49 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४०३ जनामा कोरोना संक्रमित थपिएका छन् भने ४२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,१०४ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !