२४ बैशाख २०८१, सोमबार

गुगलले बाटर प्रुफ र डस्ट प्रुफ फाेन सार्वजनिक गर्दै

प्रकाशित मिति :  18 August, 2021 5:18 pm


काठमाडौं । गुगलले पिक्सल फाइभ ए फाइभजी जापान र युएसमा बिक्रि सुरु गर्ने भएकोे छ । कम्पनीको अनुसार २६ अगस्टदेखि बिक्री सुरु गर्ने भएको हो । यसमा आईपी ६७ वाटर रेसिस्टेन्स, शक्तिशाली ब्याट्री, डुअल क्यामरा रहेका छन् । यसको मुल्य ४४९ डलर रहेको छ ।

यस मोबाइलमा पानी र धुलो प्रतिरोध गर्न सक्ने क्षमता सहित ५जी पनि हो । ६.३४ इन्चको बेजल लेस स्क्रिन यस मोबाइलमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको छ ।

कम्पनीका अनुसार यसमा रियर फेसिङ अल्ट्रावाइड लेन्स सँगै डुअल क्यामेरा सिस्टमले धेरै क्षेत्रलाई क्याप्चर गर्दछ । यो फोन एक पटक चार्ज गरेपछि यो ४८ घण्टासम्म चलाउन सकिने कम्पनीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !