१८ बैशाख २०८१, मंगलबार

रोल्पा फुलिवनको नमूना बस्तीमा पहिरो, उवा–थवाङ जोड्ने सडक अवरुद्ध

प्रकाशित मिति :  21 August, 2021 10:16 am


रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. १ मा रहेको फुलिवनको नमूना बस्तीमा पहिरोले क्षति पुराएको छ । पहिरोका कारण उवा–थवाङ जोड्ने मोटरबाटोसमेत अवरुद्ध भएको छ ।
गत वर्ष पहिरोको जोखिममा रहेका ४० घरधुरीलाई स्थानतरण गरी एकिकृत नमुना बस्ती बनाईएको थियो । वस्ती बसाएको एक वर्ष पुग्दै गर्दा पुनः पहिरोले क्षति पुर्याएको हो ।
गत वर्ष नै आयोजना नसकिँदै ४ घर पहिरोका कारण उच्च जोखिममा परेको थियो ।

एकीकृत वस्ती निर्माणका करिव डेढ करोड रुपैयाँ लगानी गरिएको छ । लुम्बिनी प्रदेश सरकारले पुर्नवासका लागि प्रत्येक घरलाई ३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइसकेको छ । वस्ती निर्माणमा शहरी विकास तथा भवन कार्यालय दाङले प्राविधिक सहयोग गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !