६ जेष्ठ २०८१, आइतबार

हातको महत्वपुर्ण ४ रेखा जसले व्यक्तिको बारेमा सबै बताउँछ

प्रकाशित मिति :  21 August, 2021 5:51 pm


काठमाडौं । हस्तरेखाशास्त्रमा हातको रेखा, आकृति, निशान, कोठीको अनुसार व्यक्तिको धेरै कुरा बताइन्छ । हातमा ४ ओटा रेखा यस्तो हुन्छ जुन हस्तरेखाशास्त्रमा महत्वपूर्ण हुन्छ । किनकि यसले जीवनको बारेमा धेरै जानकारी दिन्छ ।

आउनुस् जानौ कुन रेखाले के को जानकारी दिन्छ ः

जीवन रेखा ः यो रेखा मणिबन्ध वा त्यसको नजिकबाट अंगुठा र तर्जनी औंलाको बीचसम्म गएको हुन्छ । यो रेखाबाट मानिसको उमेर, मृत्युको कारण, जीवनमा आउने संकट र दुर्घटनाको बारेमा जान्न सकिन्छ । यो रेखा स्पष्ट छ भने व्यक्तिको जीवन खुशी र सुख मिल्छ । आधा वा काटिएको छ भने अशुभ हुन्छ ।

हृदय रेखा ः यो रेखा कनिष्ठिका औंलाको तलबाट सुरु भएर तर्जनी औंला छेउसम्म जान्छ । व्यक्तिको गुण, संवेदनशीलता र स्वभावको बारेमा यो रेखाले बताउँछ । यो रेखा तर्जनी औंलाको तल उठेको भागसम्म गएको राम्रो मानिन्छ ।

मस्तिष्क रेखा ः  हृदय रेखाभन्दा तलको रेखालाई मस्तिष्क रेखा भनिन्छ । यो रेखा कनिष्ठिकाको तलबाट सुरु भएर तर्जनी र अंगुठाको बीचसम्म जान्छ । व्यक्तिको बुद्धि, मानसिक स्थिती र सोचको बारेमा यो रेखाले बताउँछ । स्पष्ट र नकाटिएको छ भने राम्रो मानिन्छ ।

भाग्य रेखा ः यो रेखा हत्केलाको बीचमा तलदेखि माथि गएको हुन्छ । स्पष्ट र गहिरो साथै मणिबन्धबाट सुरु भएर शनि पर्वतसम्म गएको छ भने व्यक्ति भाग्यमानी हुन्छ ।



प्रतिक्रिया दिनुहोस !