६ जेष्ठ २०८१, आइतबार

सिन्धुलीमा हालसम्म कोरोनाबाट ४२ जनाको मृत्यु

प्रकाशित मिति :  21 August, 2021 7:08 pm


सिन्धुली । सिन्धुलीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

शनिबार जिल्ला स्वास्थ्य कार्यलय सिन्धुलीले २०७७ चैत २१ गतेदेखि २०७८ भदौ ५ गतेसम्मको कोरोनाको दोस्रो लहर सम्बन्धी जानकारी दिएको छ ।

७ हजार ७०७ जनाको परिक्षण गर्दा ३ हजार ८६ जना कोरोना पोजेटीभ देखिएको थियो । ४ हजार १०४ पीसीआर परिक्षण गरेका मध्ये १ हजार ९५७ र ३ हजार ६०३ जनाको एन्टीजेनको परिक्षण गरिएको मध्ये १ हजार १२९ जनालाई कोरोना पुष्टि भएको थियो ।

कोरोनाको खोप कोभिसिल्डको पहिलो डोज ११ हजार ६२४, दोस्रो डोज २ हजार ३६१ लगाएका छन् भने एस्ट्रानेनिकाको दोस्रो डोज ५ हजार ६९८ जनाले लगाएका छन् । यस्तै, भेरोसेलको पहिलो डोज १८ हजार २०२ र दोस्रो डोज १५ हजार ३१८ जना र जोनसन एण्ड जोनसन १२ हजार ५२९ जनाले लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस !