२४ बैशाख २०८१, सोमबार

पछिल्लो २४ घण्टामा देशभर १९२० जना संक्रमित थपिए २४ जनाको मृत्यु

प्रकाशित मिति :  22 August, 2021 5:33 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९२० जना कोरोना संक्रमित थपिएका छन् भने २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगैै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४७ हजार ४३३ पुगेको छ भने मृत्यु हुनेको संख्या कुल १० हजार ५०९ पुगेको छ । हालसम्म ६ लाख ९८ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ जना रहेका छन् । जसमध्ये ३५ हजार ५५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८१ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा ३९५, कास्कीमा ३०१, चितवनमा २१७, झापामा १५२, ललितपुरमा ११० र मोरङमा १०५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सुनसरीमा ७६, भक्तपुरमा ६१, गोरखामा ४०, रुपन्देहीमा ३३, तनहुँमा २९ र जुम्लामा १८, स्याङजामा १५, नवलपरासीमा १४ र इलाममा १० जनामा कोरोना संक्रमित थपिएका छन् ।



प्रतिक्रिया दिनुहोस !