२३ बैशाख २०८१, आइतबार

मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु

प्रकाशित मिति :  23 August, 2021 12:23 pm


उदयपुर । उदयपुरमा मोटरसाईकलले ठक्कर दिँदा एक जना वुद्धको मृत्यु भएको छ । उदयपुर बेलका नगरपालिका ५ गलेनीबाट पुर्वतर्फ जादै गरेको प्रदेश १-०२-०४१ प १८०८ नम्बरको मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको हाे।

मृत्यु हुनेमा सोही स्थानका ८० बर्षीय राम बहादुर श्रेष्ठ रहेका छन् ।

आईतबार बेलुका ६ बजे साे दुर्घटना भएकाे थियाे । दुर्घटनामा गम्भिर घाईते भएका श्रेष्ठलाई उपचारका लागि धरानस्थित घोपा अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको छ ।

मोटरसाईकल चालक सुनसरी रामधुनी नगरपालिका ३ झुमका का २४ बर्षीय रोयल कुमार चौधरी र पछाडी सवार २४ बर्षीय सुरज कुमार चौधरी समेत समान्य घाईते भएका छन् ।

स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात मोटरसाईकल चालक र मोटरसाईकललाई प्रहरी चौकी लालबजारले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस !