१८ बैशाख २०८१, मंगलबार

भारतमा बिहेगरी जाने नेपाली चेली जातीय आरक्षण अधिकारबाट वञ्चित

प्रकाशित मिति :  23 August, 2021 3:17 pm


काठमाडौं । भारतमा बिहेगरी गएको चेलीलाई चुनावमा लड्न पाउने अधिकार दिइए पनि जातीय आरक्षणको अधिकारबाट भने वञ्चित गरिएको छ ।

अहिले भारतको बिहारमा पञ्चायत चुनाव भइरहेको छ । त्यहाँ बिहे गरी गएकी नेपाली चेलीलाई जातीय आरक्षण नपाउने निर्वाचन आयोगबाट स्पस्ट गरिएको छ ।

निर्वाचन आयोगको निर्देशिका अनुसार नेपाली चेलीको बिहे भइ नागरिकता लिइसकेको अवस्थामा पञ्चायतको चुनाव लड्न पाउने उल्लेख गरिएको छ ।

तर ती चेलीलाई जातीय आधारको आरक्षण प्राप्त नहुने भएको छ । उनीहरूलाई बिहारमा लागु गरिएको महिला ५० प्रतिशत आरक्षण अधिकार भने पाइने जनाइएको छ ।

निर्वाचन आयोगका अधिकारीहरूले सरकारलाई नेपाली चेलीको अधिकारका बारेमा स्पस्ट गर्न भनेका थिए । नेपाली चेलीले चुनाव लड्न पाउने छिन् वा पाउँदिनन् । उनीहरूलाई आरक्षण अधिकार प्राप्त हुन्छ वा हुँदैन ।

आयोगले जारी गरेको निर्देशिकामा आरक्षणको सवाल बाबुको जातिको आधारमा तय हुने भएकोले पतिको आधारमा नहुने भएकोले यो अधिकार नदिइएको हो ।

निर्वाचन आयोगका अनुसार नेपालका जातीहरूको समानता भारतीय जातीहरूसँग भएको प्रमाण भए मात्र जातीय अधिकारको आरक्षण नेपाली चेलीले पाउने छिन् ।



प्रतिक्रिया दिनुहोस !