१ जेष्ठ २०८१, मंगलबार

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीले विश्वास मत लिँदै, समृद्ध प्रदेश बनाउने प्रतिवद्धता

प्रकाशित मिति :  23 August, 2021 4:18 pm


काठमाडौं । लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री कुलप्रसाद केसीले आफूप्रति प्रदेश सभाको विश्वास छ भनी प्रस्तुत प्रस्तावमा मतदान गर्न माग गरेका छन् ।

मुख्यमन्त्री केसीको प्रस्तावमा सोमबार प्रदेश सभा सदस्यले मतदान गर्ने भएका छन् ।

एमालेले विरोध गरेका कारण पटक पटक स्थागति भइ सुरु भएको प्रदेश सभामा मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले विकासको गतिलाई बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

मुख्यमन्त्री केसीले प्रमुख प्रतिपक्षी दलका नेतालाई विधि प्रक्रियाप्रति सम्मान गर्न आग्रह गरे ।

आफू पनि सदनमा प्रमुख प्रतिपक्षको रूपमा कार्य गरिसकेको जनाउँदै मुख्यमन्त्री केसीले जनताले व्यवहारमा अनुभूत हुने गरी विकास गर्न चाहेको बताए ।

लुम्बिनी प्रदेशलाई आत्मनिर्भर प्रदेश बनाउन हामीले महत्व दिएको मुख्यमन्त्री केसीले बताए ।

मुख्यमन्त्री केसीले बोल्न अघि एमालेले अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रहलाई सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि प्रदेश सभा बैठक अवरूद्ध पारेको थियो ।

नेकपा एमालेका सांसदहरूले भने प्रदेशसभा वैठक वहिस्कार गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !