२३ बैशाख २०८१, आइतबार

तोलामा ५ सयले बढ्यो सुन

प्रकाशित मिति :  24 August, 2021 11:20 am


काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । छापावाला सुन प्रतितोला ५ सयले बढेर तोलाको ९१ हजार ६०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार १ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार ११८०मा कारोबार भएको चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर तोलाको १२०० रहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !