१८ मंसिर २०७९, आइतबार

को बन्यो वेस्टर्न युनियनकोे बम्पर लक्की ‘ड्र’ को विजेता ?

प्रकाशित मिति :  10 February, 2020 8:54 am


काठमाडौं । वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी कारोबार र भुक्तानीको अग्रणीले नेपालमा उपभोक्ता प्रबद्र्धन योजना अन्तर्गत बम्पर लक्की ड्र को विजेता घोषणा गरेको छ । एक कार्यक्रमकाबीच महेन्द्र कुमार लामालाई माघ ५ गते विजेता घोषणा गरि रु १० लाख प्रदान गरिएको छ ।

यो प्रबद्र्धन दशैं, तिहार र छठ पर्वको अवसरमा सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो जहाँ ग्राहकहरुले हरेक हप्ता आफुले प्राप्त गरेको रकमको दोब्बर (बढिमा रु ५०,००० सम्म) जित्ने अवसर पाएका थिए । प्रबद्र्धन अवधिभरिका सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेता कारोबार बाहेक) लाई स्वाचालित रुपमा बम्बर लक्की ड्र मा समावेश गरिएको थियो ।

यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि. बाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।
“म यो उपभोक्ता प्रबद्र्धनका सम्पूर्ण विजेताहरुलाई बधाई दिन चाहन्छु । म सबै ग्राहकहरुप्रति आभारी छु जसले आफुले कडा मिहेनत गरेर

कमाएको पैसा आफ्ना नेपालमा रहेको परिवारसम्म पुर्याउन वेस्टन युनियनमा विश्वास राख्दछन् । यहि विश्वासले हामी र हाम्रा एजेन्टहरुलाई विभिन्न ग्राहकहरुको आवश्यकतालाई पूरा गर्न निरन्तर समाधान प्रदान गर्न प्रत्सोहान गर्दछ, वेस्टन युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एस एस रमानाथनले भने ।”



प्रतिक्रिया दिनुहोस !