२१ बैशाख २०८१, शुक्रबार

माधव नेपालको पार्टी एकता गर्ने मनसाय नै थिएन: नेता भट्टराई

प्रकाशित मिति :  25 August, 2021 1:22 pm


काठमाडौं । योगेश भट्टराईले १० बुँदे सम्झौता माधव कुमार नेपालकै भनाइ अनुसार भएको बताएका छन् । नेपालको पार्टी एकता गर्ने मनसाय नभएको उनले आरोप लगाए ।

”हामीले पार्टीलाई एकताबद्ध बनाउने भनेर स्थायी समितिलाई दिइने गरी सहमति भएको थियो । त्यसको दुई तीन दिन पछि पार्टी दर्ता गर्ने पहल भएको थियो,” उनले भने ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओलीले पत्रकारलाई धन्यवाद ज्ञापन गरिसकेपछि समय लिएर बोल्दै भट्टराईले अध्यक्ष ओली नेकपा एमालेको बचाउ गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस !