२४ बैशाख २०८१, सोमबार

पछिल्लो २४ घण्टामा देशभर २४३३ जना संक्रमित थपिए, २६ जनाको मृत्यु

प्रकाशित मिति :  26 August, 2021 5:38 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४३३ जनामा कोरोना संक्रमित भेटिएका छन् भने २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७०२ पीसीआर परीक्षणमा २,०५२ जना र ४,६७२ एन्टिजेन परीक्षणमा ३८१ जना गरी २४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ भने ७ लाख ५ हजार ८९३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ जना रहेका छन् । जसमध्ये ३५ हजार ३५४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।



प्रतिक्रिया दिनुहोस !