२१ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा सर्तसहित विद्यालय संचालन गर्न पाउने

प्रकाशित मिति :  1 September, 2021 3:49 pm


काठमाडौं ।  काठमाडौं उपत्यकामा भौतिक रुपमा विद्यालय संचालन गर्न तीन जिल्ला प्रशासन प्रमुखहरुले केही खुकुलो बनाउने निर्णय गरेका छन् ।

बुधबार बसेको तीन जिल्ला प्रमुख अधिकारीहरुको बैठकले कारोना संक्रमणको दरलाई विश्लेषण गरी उपत्यकामा भौतिक रुपमा पठन पाठन नगराउने भनिएता पनि यदि खोल्ने पर्ने भएमा स्मार्ट लकडाउनको प्रावधानमा रहेर जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी संचालन पाउने निणर्य गरेको छ ।

त्यस्तै बैठकले सिनेमा हल भने भदौ १७ गते बिहीबारबाट खुलाउने निर्णय गरेका छन् । योसँगै मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, व्युटीपार्लर सैलुन लगायतका अहिलेसम्म बन्द रहेका व्यवसाय सञ्चालन हुने भएका छन् ।

त्यस्तै प्रशासनले अनावश्यक रूपमा भीडभाड नगर्ने,सभा, जुलुस, जात्रा, महोत्सव आदि नगर्ने नराउने भनेको छ । त्यस्तै बैठकले भदौ १७ गतेदेखि भदौ मसान्त सम्म निषेधाज्ञा जारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !