२४ बैशाख २०८१, सोमबार

पछिल्लो २४ घण्टामा देशभर २०५२ जना संक्रमित थपिए, २० जनाको मृत्यु

प्रकाशित मिति :  1 September, 2021 4:35 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०५२ जना कोरोना संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ ।

पछिल्लो एक दिनमा १०६१२ जनाको पीसीआर परिक्षणमा १६४८ जना र ४३२३एन्टिजेन परीक्षण गर्दा ४०४ जना थरी कुल १४९३५ जनाको कोारेना परीक्षणगर्दा २०५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३,०३० रहेको छ भने २० जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !