२४ बैशाख २०८१, सोमबार

नागरिक लगानी कोष र आरोग्य डाइग्नोष्टिक सेन्टर वीच सम्झौता

प्रकाशित मिति :  1 September, 2021 5:15 pm


काठमाडौ । नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेशलिष्ट पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि बीच सम्झौता भएको छ ।

कोषका कर्मचारीहरु र कर्मचारीका परिवार एवं कोषका कार्यक्रमहरुमा सहभागी र सहभागीका परिवारहरुको स्वास्थ परीक्षणमा छुट दिने सम्झौता भएको हो ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र डाइग्नोष्टिक सेन्टरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत श्री डा.राजेश देव बीच हस्ताक्षर भएको छ ।

सेन्टरमा कोषका कर्मचारी र परिवारका सदस्यलाई ल्याव सेवामा ३० प्रतिशत, दशै तिहारमा ल्याव सेवामा ४० प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउण्ड र इसिजिमा २०÷२० प्रतिशत , माइनर अपरेशनमा १५ प्रतिशत, चिकित्सक परामर्शमा १५ प्रतिशत, बर्षमा एक पटक फुल बडी परिक्षणमा ५५ दशमलब ५६ प्रतिशत र मुख्य अपरेशन गर्न साझेदार हस्पिटलमा बिषेष छुटको व्यवस्था गरिएको नागरिक लगानी कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए ।

त्यसैगरी कोषका सहभागी र परिवारका सदस्यहरुलाई ल्याव सेवामा २५ प्रतिशत, दशै र तिहारमा ल्याव सेवामा ३५ प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउन्ड र इसिजिमा १५ प्रतिशत, एक्सरेमा १५ प्रतिशत, माइनर अपरेसनमा १० प्रतिशत, चिकित्सक परामर्शमा १० प्रतिशत एवं मुख्य अपरेशन गर्न साझेदार हस्पिटलमा बिषेष छुट दिने सम्झौतामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !