४ जेष्ठ २०८१, शुक्रबार

करिश्मा मानन्धरले भित्राइन् इन्टेक्सका इलेक्ट्रोनिक्स सामान

प्रकाशित मिति :  1 September, 2021 5:34 pm


काठमाडौं । इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान अव नेपाली बजारमा पाईने भएको छ । नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा रिसिक टेडिङ कन्र्सन प्रालि रहेको छ ।

यस कम्पनीले आवश्यक पर्ने इलोक्ट्रोनिक्सका सामानहरु उत्पादन गर्दै विश्व बजारमा उपलब्ध गराउँदै आएको छ ।

नायिका करिश्मा मानन्धरले यस ब्राण्डलाई नेपाल भित्राएकी हुन् । रिसिक टेडिङ कन्र्सनकी म्यानेजिङ डाइरेक्टर समेत रहेकी मानन्धरले इलोक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अवदेखि यो ब्राण्डलाई नै रोज्नेमा आफु विश्वस्त रहेको बताइन् ।

२५ बर्ष अघिबाट यस ब्राण्डका सामानहरु विश्व बजारमा आएपनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक नेपाल भित्रिएको हो । क्वालिटी र गुणस्तरमा प्रश्न उठाउने ठाउँ नरहेको इन्टेक्स ब्राण्डका अन्तराष्ट्रिय ब्यापार प्रमुख बिश्वास अग्रवालले बताए ।

इन्टेक्स ब्राण्डका सामानको एक बर्ष देखि १० बर्ष सम्म वारेन्टी रहेको अग्रवालले जानकारी दिए । देशभर नै उक्त कम्पनीले सर्भिस सेन्टरहरुको स्थापना गरिसकेको छ ।

८ बर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन २०१५ मा नेपाल र भारतमा नम्वर एक ब्राण्डको रुपमा स्थापित भएको थियो ।



प्रतिक्रिया दिनुहोस !