४ जेष्ठ २०८१, शुक्रबार

बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन

प्रकाशित मिति :  2 September, 2021 2:25 pm


काठमाडौं । भारतीय टेलिभिजन कलाकार तथा बिग बोस १३ औं संस्करणका विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ ।

४० वर्षका शुक्लाको हृदयघातका कारण मुम्बईस्थित कुपर अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

सिद्धार्थ बलिउड फिल्म ‘हम्टि शर्माकी दुल्हनियाँ’ र ‘बालिका बधु’ सिरियलबाट चर्चामा रहेका थिए । केही समयअघि मात्र उनको ‘ब्रोकन बट ब्युटीफुल’ अल्ट बालाजीबाट रिलिज भएको थियो । उनी आमा र दुई बहिनीसँग बस्थे ।



प्रतिक्रिया दिनुहोस !