२० बैशाख २०८१, बिहिबार

साताको अन्तिम कारोबारकाे दिन ५० अंकले घट्यो नेप्से

प्रकाशित मिति :  2 September, 2021 3:34 pm


काठमाडौं । नेप्सेकाे साताको अन्तिम कारोबार उच्च अंकले घटेको छ । विहिबार नेपाल स्टक एक्सेञ्ज नेप्से परिसूचक ५०.१३ अंकले घटेकाे हाे ।

आज कूल २३० वटा कम्पनीको १ करोड ८१ लाख ९ हजार ९ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

विहिबारकाे अन्तिम काराेबार गरिरहँदा नेप्से परिसूचक ५०.१३ अंकले घटेर २९२६.८९ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ८.९० अंकले घटेर ५४१.७७ अंकमा बन्द भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !