१४ बैशाख २०८१, शुक्रबार

सुनकोशी गाउँपालिकामा योजना सम्पन्न नभई भुत्तानी

प्रकाशित मिति :  4 September, 2021 8:05 am


सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ५ मुलकोट नाङ्गे डाँडा लिप्mट सिंचाई खानेपानी योजना सम्पन्न नभई भुत्तानी गरेको महालेखाले जनाएको छ ।
१४ लाख १ हजार १६२ रुपैँया लागत अनुमान गरिएको आयोजनामा १२ लाख गाउँपालिकाले व्यहोर्ने सम्झौता भएको थियो । गाउँपालिकाले ४ प्रतिशत कन्टिन्जेन्सी कट्टी गरेर ११ लाख ५२ हजार भुत्तानी गरिसकेको छ ।

गाउँपालिकाले ट्याङकी निर्माणनै नगरी पम्पसेट, सोलार प्यानल लगायतका सामान खरिद गरी जडान खर्च समेत भुक्तानी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाले जडान खर्च समेत भुत्तानी गर्नु नियमसम्मत नदेखिएको जनाएको छ ।

योजना अन्र्तगत मेशिनरी उपकरण खरिदमा भएको वारेन्टी ग्यारेन्टीको गुणस्तर प्रतिवेदन पेश गर्नु पर्ने भएपनि गुणस्तरको कुनै प्रतिवेदन पेश नगरिएको महालेखाले उल्लेख गरेको छ ।

कार्यसम्पन्न नभई गाउँपालिकाले प्राविधिक मूल्याङकन गरेर १४ लाख ३३ हजार ३१ रुपैँयामा कार्यसम्पन्न भनेर प्रतिवेदन तयार पारेको हो । खरिदमा बिल र सम्पन्न प्रतिवेदनमा ट्रान्सर्पोटेशन र इन्स्टलेशन खर्च एकमुस्ट रुपमा १ लाख ६९ हजार ५ सय रुपैँया समेत उल्लेख छ ।

तर उपकरण जडान नभएको महालेखाले जनाएको छ । उपकरणहरु जडान नभई खरिद मात्र गरेको फोटो तथा लेखापरिक्षण क्रममा जानकारी भएको महालेखाको प्रतिवदेनमा उल्लेख छ ।

महालेखाले सामग्री खरिदमात्र गरेको र जडान नभएको अवस्थामा कार्य सम्पन्न प्रतिवेदन तयार गर्नु उचित नदेखिएको जनाएको छ । यस विषयमा महालेखाले गाउँपालिकासँग छलफल गर्दा विगतमा पहिलो स्टेपसम्म सम्पूर्ण काम सम्पन्न भएको त्यस स्थानमा पानी पुगिसकेको तर अहिले दोस्रो स्टेपमा ट्याङ्की निर्माण कार्य नभएकोले जडान हुन नसकेको जनाएको छ ।

ट्याङ्की निर्माणका लागि टेण्डर प्रक्रियामा रहेको र ट्याङकी निर्माण पछि थप शुल्क नलिई जडान गर्ने गाउँपालिकाले जनाएको महालेखाले उल्लेख गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !