१२ बैशाख २०८१, बुधबार

कमलामाई नगरपालिकामा नियम विपरित स्वकीय सचिव नियुक्त

प्रकाशित मिति :  3 September, 2021 6:20 pm


सिन्धुली । सिन्धुलीको कमलामाई नगरपलिकाले नियम विपरित स्वकीय सचिव नियुक्त गरेको महालेखा परिक्षकको पतिवेदनमा उल्लेख छ ।

बाग्मती प्रदेश अन्तर्गत स्थानीय तह पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वकीय सचिव सल्लाहकार राख्न पाउने व्यवस्था छैन ।

तर कमलामाई नगरपालिकाले मासिक २८ हजार २०० का दरले स्वकीय सचिवलाई पारिश्रमिक वितरण गरिराखेको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३ (८) मा तोकिएको भन्दा फरक पदमा कर्मचारी पदपूर्ति गर्न नहुने उल्लेख छ ।

हाल सम्म नगरपालिकाले स्वकीय सचिवलाई पारिश्रमिक र भत्ता लगायत सुविधामा ४ लाख २० हजार ९३० नियम विपरित खर्च गरेको छ ।



प्रतिक्रिया दिनुहोस !