२९ बैशाख २०८१, शनिबार

वास्तुशास्त्र अनुसार घरमा कछुवा किन र कहाँ राख्ने ?

प्रकाशित मिति :  5 September, 2021 2:05 pm


काठमाडौं । वास्तुशास्त्र अनुसार घरमा धातुको कछुवा राख्यो भने आयु र आत्मविश्वास बढाउँछ भन्ने मान्यता छ । कुनै काम गर्दा आत्मविश्वास कम भएको अनुभव गर्नु भएको छ जसका कारण सफलता भएको छैन भने घरमा धातुको कछुवा राख्नुस् ।

कछुवालाई घरको यस्तो स्थानमा राख्नुस् जहाँ तपाई धेरै समय बिताउनु हुन्छ । कछुवालाई पानी भरिएको एउटा ठुलो कचौरामा राखेर उत्तर दिशामा राख्नु पर्दछ । कछुवालाई धन प्राप्तीको सुचक पनि मानिन्छ ।

यदि धन सम्बन्धी कुनै समस्या छ भने क्रिस्टलको कछुवा घर वा कार्यलयमा राख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !