२४ बैशाख २०८१, सोमबार

पछिल्लो २४ घण्टामा १०८९ संक्रमित थपिए भने १५३४ जना निको भए

प्रकाशित मिति :  5 September, 2021 5:46 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा १,०८९ जना कोरोना संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ५३४ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ भने ७ लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ जना रहेका छन् । जसमध्ये २९ हजार ८१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार १६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५२३ जना आईसीयू र १६२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २४ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २८८, मोरङमा १३४, ललितपुरमा ९८, भक्तपुरमा ६७, कास्कीमा ५५, सुनसरीमा ४७, काभ्रेपलाञ्चोकमा ३६, झापा र जुम्लामा ३२र३२ जना, रुपन्देहीमा २८, सिन्धुलीमा १९ र नुवाकोटमा ११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !