१७ बैशाख २०८१, सोमबार

पुँजी बजारको समस्या बारे अर्थमन्त्री–गभर्नर छलफल, समस्या समाधान गर्न अर्थमन्त्रीकाे आग्रह

प्रकाशित मिति :  6 September, 2021 1:11 pm


काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच टेलिफोन संवाद भएको छ ।

सोमबार भएको कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन गभर्नरलाई आग्रह गरेका हुन् ।

“उहाँले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नु भएको छ,” अर्थमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !