४ जेष्ठ २०८१, शुक्रबार

कोभिडका कारण टेलिकमको सेवा प्रवाहमा असर,७ जना कर्मचारीको मृत्यु

प्रकाशित मिति :  6 September, 2021 6:27 pm


काठमाडौं । कोरोना महामारीका कारण नेपाल टेलिकमको समग्र सेवा प्रवाहमा नकारात्मक असर परेको टेलिकमले जनाएको छ ।

सोमबार टेलिकमले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल टेलिकमका प्रबन्धक निर्देशक डिल्लीराम अधिकारीले कोरोनाका कारण आयोजना कार्यान्वयनमा ढिलाई भएको बताए ।

महामारीका कारण कर्मचारी व्यवस्थापन, राजस्व वृद्धि र खर्च कटौतीमा कठिनाई आएको टेलिकमले जनाएको छ ।

कोभिडका कारण टेलिकमका ७ जना कर्मचारीको मृत्यु भएको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

प्रवक्ता जोशीले कोभिड महामारीमा महसुल दर कटौती, ग्राहक वर्ग लक्षित डाटा तथा भ्वाइस प्याकेज, विद्यार्थी लक्षित ई लर्निङ प्याकेज र जरीवाना तथा विभिन्न सहुलियत दिँदै आएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !