१६ बैशाख २०८१, आइतबार

जापानमा मोडर्ना खोप लिएका तेस्रो व्यक्तिको मृत्यु

प्रकाशित मिति :  7 September, 2021 2:18 pm


काठमाडौं । जापानमा मोडर्ना खोप लिएकामध्ये तेस्रो मानिसको मृत्यु भएको छ । जापानका स्वास्थ्य अधिकारीहरूले मृत्युकाे  पुष्टि गरेका छन् ।

खोपको दोस्रो मात्रा लिएको एक दिनपछि उनको मृत्यु भएको हो । ११ अगस्टमा दोस्रो खोप लिएका ४९ वर्षीयको मृत्यु भएको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

उनको मृत्यु खोपकै कारण मृत्यु भएको हो वा उनको आन्तरिक स्वास्थ्य समस्याका कारण मृत्यु भएकाो त्यसबारे स्पस्ट हुन नसकेको जनाइएको छ । ती मान्छेलाई फाफरको एलर्जी थियो ।

जापानबाट माेडर्नाको २६ लाख मात्रा फिर्ता गरिएको छ । खोपको सिसीमा अन्य तत्वका कण मिसिएको फेला परेपछि २६ लाख मात्रा बराबरको सिसी फिर्ता गरिएको थियो ।

फिर्ता गरिएका खोपको मात्राको ब्याच भित्रकै खोपको सिसीबाट ज्यान गुमाउने तेस्रो ४९ वर्षीय व्यक्तिलाई दोस्रो खोपको मात्रा दिइएको थियो । यसअघि मोडर्ना खोपको दोस्रो मात्रा लिएर दुई जना ज्यान गुमाउनेहरू उमेर ३० वर्ष नाघेका थिए । उनीहरूलाई दिइएको खोपमा अन्य तत्वको संक्रमण नभएकाो जनाइएको छ । उनीहरूको मृत्युको बारेमाा अनुसन्धान जारी रहेको छ ।

फिर्ता गरिएका मोडर्ना खोपहरू फेला परेका वस्तु स्टेनलेस स्टिल रहेका छन् । गत साता मोडर्नाका जापानी वितरक ताकेदा फर्मास्युटिकल कम्पनीले यसबारे अनुसन्धान थालेको जनाएको छ ।

मोडर्ना विवादको बीचमा जापानका खोप मन्त्री तारो कोनोले अहिले नयाँ प्रधानमन्त्रीको दौडमा रहेका छन् । प्रधानमन्त्री योशिहिदे सुगाले पदबाट राजीनामा दिएको घोषणा गरेपछि त्यो पदका लागि उनको नाम अगाडि आएको हो ।



प्रतिक्रिया दिनुहोस !