१४ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा देशभर १६७७ जना कोरोना संक्रमित थपिए भने २०७२ जना निको भए

प्रकाशित मिति :  7 September, 2021 4:56 pm


पछिल्लो २४ घण्टामा देशभर १६७७ जना कोरोना संक्रमित थपिए भने २०७२ जना निको भएकाठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १६७७ जनामा कोरोना संक्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ । ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १,४२३ जना र ३,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १६७७ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७२ हजार १८२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ भने ७ लाख ३१ हजारजना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०७२ पुगेको छ ।

हालसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा र १९८९ जना संस्थागत आइसोलेसनमा, ५१४ जना आईसीयू र १५४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।



प्रतिक्रिया दिनुहोस !