१८ बैशाख २०८१, मंगलबार

भारतलाई पठाइएका दुई कुटनीतिक नोटमा के छ?

प्रकाशित मिति :  8 September, 2021 12:14 pm


काठमाडौं । सरकारले भारतको सीमा सुरक्षा बलका अधिकारीद्वारा दार्चुला जिल्लाका जयसिंह धामीको तुइन काटेर ज्यान लिने एसएसबीका अधिकारीको विषयमा अनुसन्धान र भारतीय हेलिकप्टर नेपाली आकाशमा उडेको विषयमा दुई कुटनीतिक नोट भारतलाई पठाएको छ ।

दार्चुला जिल्लाको महाकाली नदीमा तुइनबाट पारी जान खोज्ने धामीलाई तुइन काटेर नदीमा खसाएकाे घटनापछि सरकारमाथि दबाब छ । अहिलेसम्म हराइरहेका नेपाली युवा धामीको विषयमा

सरकारले सोही जिल्लाको नेपाली आकाशमा भारत तर्फबाट उडेको हेलिकप्टरको विषयमा पनि भारत सरकारको ध्यानाकर्षण गराउँदै अर्को कुटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावासको माध्यमबाट दुई कुटनीतिक नोट पठाएको हाे । कुटनीतिक नोटमा धामीको विषयमा अनुसन्धान गरी पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन भनिएको छ ।

धामी र हेलिकप्टरको विषयमा शेरबहादुर देउवा नेतृत्वको सरकारको आलोचना बढ्दै गइरहेको बेला सरकारले दुई विषयमा कुटनीतिक नोट पठाएको हो । ती कुटनीतिक नोटलाई सार्वजनिक भने गरिएकाे छैन ।

यी विषयमा प्रधानमन्त्री देउवाको नेतृत्वको सरकारले केही कदम नचालेकाे भनी आलोचना भइरहेको बेला सरकारले भारतलाई यसबारे अनुसन्धान गर्न कुटनीतिक नोट पठाउने निर्णय गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस !