१५ बैशाख २०८१, शनिबार

कोभिडलाई बढी ध्यान दिँदा टीबी र एड्सबाट धेरैको ज्यान गएको ग्लोबल फन्डको चिन्ता

प्रकाशित मिति :  8 September, 2021 3:24 pm


काठमाडौं । कोभिड–१९ वैश्विक महामारीका विरूद्धको लडाइँमा मात्र ध्यान दिँदा गरिब देशहरूमा धेरै टीबी र एड्सका रोगीहरूको ज्यान गएकोप्रति ग्लोबल फन्डले चिन्ता व्यक्त गरेको छ ।

गरिब देशका टीबी र एड्सका बिरामीहरू बिना उपचार मरेको हुन सक्ने टीबी र एड्स कार्यक्रमका लागि कोष दिने जेनेभास्थित अगुवा संस्था ग्लोबल फन्डले जनाएको हाे ।

विश्व स्वास्थ्य संगठन डब्लुएचआले जनाए अनुसार सन् २०१९ मा टीबीका नयाँ संक्रमितको संख्या १ करोड र १४ लाखको मृत्यु भएको थियो ।

मार्चमा डब्लुएचओले गत वर्ष ५ लाख भन्दा बढी मानिसको मृत्यु टीबीबाट मात्र भएको जनाएको छ ।

ग्लोबल फन्डले टिबी र एड्स लागेका मानिसको खोजी र उपचारमा कम प्राथिमकता पाउँदा मृत्युकाे संख्या बढ्न सक्ने तर तथ्यांमा नदेखिएकाे दाबी गरेकाे छ ।

वर्सेनी सबै भन्दा बढी टीबीबाट मानिसको ज्यान जाने गरेको छ । विगत दुई सय वर्षमा अर्ब बढी मानिसको ज्यान टीबीबाट गएको अनुमान छ ।

फन्डका निर्देशक पिटर स्यान्डसले अफ्रिकाकाो सहेल जस्ता क्षेत्रमा टीबी र एड्सबाट काेराेना महामारीबाट हुने मृत्यु भन्दा बढीको ज्यान गएको हुन सक्ने बताए ।

महामारीको बन्दाबन्दीले ती बिरामीलाई दिइने सेवामा बाधा परेकाे उनकाे भनाइ छ । भारत र अफ्रिकामा अन्य बिरामी भन्दा कोभिड–१९ महामारी प्रति बढी ध्यान दिइएको उनले जनाए ।

सन् २०१९ को तुलनामा सन् २०२० मा दस लाख जति कम टीबी पीडितको उपचार गरिएको छ । यसले लाखौं मानिस टीबीको उपचार बिना मरेको हुन सक्ने देखाएको उनले जनाए ।

विश्वभर यी रोगहरूको उपचारका लागि सरकार र निजी क्षेत्रको साझेदारीमा वार्षिक ४ अर्ब अमेरिकी डलर बराबरको रकम खर्च हुन्छ । यो खर्च ग्लोबल फन्डले जुटाउने गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !