१७ बैशाख २०८१, सोमबार

कुल कृषि सचिवकाे भावनात्मक विदाइ (हेर्नुहाेस् १५ फाेटाेमा)

प्रकाशित मिति :  12 February, 2020 10:22 pm


काठमाडाैं, २९ माघ । 

बुधबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाे सभाहलमा मन्त्रालय र मातहतका निकायका विभिन्न तहमा कार्यरत कर्मचारीहरूकाे खचाखच उपस्थिति थियाे । याे उपस्थिति मन्त्रालयकाे समिक्षा वैठककाे भने थिएन । थियाे मन्त्रालयका सचिव डा. युवकध्वज जिसीकाे ।

मुखमा हाँसाे देखाए पनि कर्मचारीकाे मन भने मलिन भएकाे स्पष्ट देखिन्थ्याे । विदाइ हुदै गरेका सचिव जिसी पनि घरी घरी गहभरी अाँशु लिएर मुखमा मुस्कुराइरहेका देखिन्थे । मन्त्रालयका अर्का सचिव प्रकाश माथेमा, सहसचिवहरू, बाेर्ड, विभाग र संस्थानका प्रमुख तथा प्रतिनिधी र मन्त्रालयका सबै तहका कर्मचारीहरूले बुधबार अाैपचारिक विदाइमा सहभागी थिए ।

सकेसम्म कसैकाे पनि चित्त नदुखाउने साेंचका जिसीलाइ कुल सचिवका रूपमा कर्मचारी र सराेकारवालाले लिंदै अाएका छन् । सचिव जिसीलाइ एक साता यता विभिन्न निकायले विदाइ गर्दै अाइरहेका छन् । उहाँ बिहीबार नै अाफ्नाे नयाँ जिम्मेबारी सम्हाल्न बैंकक जादै हुनुहुन्छ ।

अाफ्नाे कार्यकाल सकिनुभन्दा दुइ वर्ष अघि नै राजीनामा दिएका सचिव जिसी अाउदाे फेब्रुअरी १५ देखि लागू हुने गरि संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएअाे) काे एसिया प्रशान्त क्षेत्र अन्तगर्गत कृषि हेर्ने प्रमुखकाे रूपमा नियुक्त भइसकेका छन् । अध्यापन पेशाकाे अनुभव जाेडेर सिधै सहसचिव बाट निजामती सेवामा प्रवेश गर्नु भएका जिसी फास्ट ट्याक बाट अाउने कर्मचारीकाे पनि पेन्सन हुनु पर्ने व्यवस्थाका लागि पटक पटक पहल गर्दा पनि सफल नभएकाे गुनासाे बाेकेर राजिनामा दिनु भएकाे हाे ।

एफएअाेमा रहेर पनि नेपालकाे सेवा गर्ने अवसर पाउने भएकाले अाफूलाइ सहयाेग गर्न उहाँले सबैले अाव्हान गर्नु भएकाे छ ।



प्रतिक्रिया दिनुहोस !