२४ बैशाख २०८१, सोमबार

किसानलाई सुलभ ब्याजदरमा ऋण उपलब्ध गराउन राष्ट्रिय कृषक समूह महासंघको आग्रह

प्रकाशित मिति :  8 September, 2021 7:04 pm


काठमाडौं । देशभरका साना किसानहरूकाे छाता संगठन राष्ट्रिय कृषक समूह महासंघले ११ औं स्थापना दिवस मनाएकाे छ । बुधबार काठमाडाैंमा एक कार्यक्रमकाबीच स्थापना दिवस मनाइएकाे हाे ।

कार्यक्रममा बाेल्दै महासंघ अध्यक्ष नवराज बस्नेतले किसानलाई सुलभ ब्याजदरमा ऋण उपलब्ध गराउन आग्रह गरे । उनले सरकारले सुलभदरमा ऋण उपलब्ध गराए पनि किसानसम्म नपुगेको गुनासाे गरेका हुन् ।

जसले झोला बोकेर ठुला योजना बनाए हिँड्छ उसले मात्र अनुदान ऋण लिने गरेकाे तर वास्तविक किसान त्यसको फाइदा उठाउन नसकेको उनकाे भनाइ छ ।

अध्यक्ष बस्नेतले पालिका स्तरमा कृषि विकास ऐन निर्माण गर्नुपर्ने, किसानको वर्गीकरण गर्नुपर्ने, परिचयपत्र र सामाजिक सुरक्षा (पेन्सन) दिनुपर्ने, एक वडा एक कृषि र पशु प्राविधिकको व्यवस्था हुनु पर्नेमा सरकारले भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रमा कृषि विकास बैंकका प्रेम खनालले स्थानीय सरकारले किसानलाई प्राथमिकतामा राखेको तर राज्यले दिनुपर्ने सहयोग नगरेको बताए । कृषि विकास बैंकलाई गत आर्थिक वर्षदेखि कृषकलाई ऋण दिन कृषि विकास बैंकलाई अग्रणी बैंकको रुपमा राखेको उनकाे भनाइ छ ।

“प्रदेश १, २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश सरकारसँग सम्झौता गरेर कृषि ऋण दिने कुरा भइराखेको छ”, उनले भने, “कहाँ सहयोग गर्नुपर्छ, हामीलाई सिफारिस गर्नुस् हामी सहयोग गर्छौ । ”

झोला बोकेर मन्त्रालय धाउनेले मात्र अनुदान पाउने त्यसले गर्दा वास्तविक किसानले अनुदान पाउन नसकेको उनकाे बुझाइ ।

 



प्रतिक्रिया दिनुहोस !