१६ चैत्र २०८०, शुक्रबार

पछिल्लो २४ घण्टामा देशभर ११४६ जना कोरोना संक्रमित थपिए, २१ जनाको मृत्यु

प्रकाशित मिति :  10 September, 2021 5:44 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४६ जना कोरोना संक्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ । ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ । तीमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् भने हालसम्म १० हजार ९२४ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६६० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५८ जनाको आईसीयू र १४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये ३५४ जना काठमाडौं उपत्यकाका रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !