१५ चैत्र २०८०, बिहिबार

पछिल्लो २४ घण्टामा ९९४ जना संक्रमित थपिए,१,३६८ निको

प्रकाशित मिति :  11 September, 2021 4:44 pm


काठमाडौं । पछिल्लो २४ घण्टा देशभर ९९४ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जना गरी कुल ९९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ३५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३६८ जना निको भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ३८ हजार ३४ जना निको भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाभाइरसको सङ्क्रमणबाट थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या १०९३६ पुगेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !