२९ बैशाख २०८१, शनिबार

गरुड पुराण अनुसार कुन समय के काम गर्नु हुँदैन ?

प्रकाशित मिति :  12 September, 2021 5:17 pm


काठमाडौं । गरुड पुराणलाई हिन्दु धर्ममा महापुराण पनि भनिन्छ । गरुड पुराणमा जिन्दगी जिउने देखि मरेपछि आत्माको बारेमा समेत बताइएको छ ।

गरुड पुराण अनुसार कुन समय के काम गर्यो भने परिवारमा समस्या आउँछ ।

राती नङ्ग काट्न ः गरुड पुराण्को अनुसार राती नङ्ग काटन् हुँदैन । यस्तो काम गर्यो भने घरमा गरिबी आउँछ । रातीको सयमा घरमा लक्ष्मी बास बस्न आउनु हुन्छ र यस समय फोहोर गर्यो भने लक्ष्मी रिसाएर जानु हुन्छ ।

साँझमा तुलसीमा जल चढाउन ः घरमा तुलसीको मठ छ, सँधै बिहान जल चढायो भने वास्तु दोष हट्छ । तर साँझमा तुलसीमा जल चढायो भने वास्तु दोषको कारण बन्छ । साँझमा तुलसीलाई नछोई दियो बालेर सन्ध्या बन्दना गर्नु पर्दछ ।

कपाल दाह्री बार अनुसार काट्ने ः मंगलबार, बिहीबार र शनिबार कपाल दाह्री काट्न हुँदैन । दाह्री कपाल काट्न आइतबार, सोमबार, बुधबार र शुक्रबार शुभ मानिन्छ ।

साँझमा दही र नुन नदिने ः सूर्यास्त भएपछि दही, अमिलो नुन दिनु हुँदैन । गरुड पुराणका अनुसार यि चिज राती दान गर्यो भने घरबाट लक्ष्मी जानु हुन्छ ।

सूर्यास्त भइसकेपछि नबढार्ने ः घरमा सूर्यास्त भइसकेपछि बढार्नु हुँदैन । यसो गर्यो भने घरमा दरिद्रता आउँछ । घरमा सूर्यास्त हुनु भन्दा पहिलेनै बढार्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !