१५ चैत्र २०८०, बिहिबार

जलवायु परिवर्तनको असरबारे युवायुवती बढी चिन्तित

प्रकाशित मिति :  14 September, 2021 12:04 pm


काठमाडौं । जलवायु परिवर्तनको असरबारे युवायुवती बढी चिन्तित रहेको पाइएको छ । एक सर्वेक्षणमा सहभागी युवायुवतीहरूको चिन्ता जलवायु परिवर्तनको बारेमा बढी पाइएको हो ।

अध्ययनका अनुसार ६० प्रतिशत युवायुवतीहरूले जलवायु परिवर्तनबार धेरै चिन्तित रहेको बताएका छन् । ४५ प्रतिशतले दैनिक जीवनमा जलवायु परिवर्तनका असरहरूको अनुभव गरिरहेको जनाए ।

बाथ युनिभर्सिटीले अन्य पाँच युनिभर्सिटीको सहयोगमा दश देशमा यो सर्वेक्षण गरेकाे हो । आवाज समूहको वित्तीय सहयोगमा यो अध्ययन गरिएकाे हाे।  १६ देखि २५ वर्ष उमेर समूहका १० हजार व्यक्तिहरूको सहभागितामा यो जलवायु परिवर्तनसम्बन्धी अध्ययन गरिएको हो ।

अध्ययनमा संलग्न मध्ये तीन चौथाइले भविष्य डरलाग्दो भएको बताएका छन् भने ५६ प्रतिशतले मावनीयता संकटमा परेको बताए । दुई तिहाइले जलवायु परिवर्तनको विषयमा उदास, भयभित र चिन्तित भएको अनुभव सुनाए ।

धेरैजसोले भय, आक्रोश, उदास, दुख र लज्जाजस्तै आशा पनि अनुभव गरेको बताएका छन् । अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनको असरले मानिसहरूमा मानसिक तथा भाौतिक समस्यहरू उत्पन्न गराउने जोखिम रहेको अध्ययनमा चिन्ता व्यक्त गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !