८ बैशाख २०८१, शनिबार

शुक्लाफाँटामा आज सार्वजनिक बिदा

प्रकाशित मिति :  16 September, 2021 10:07 am


कञ्चनपुर । जिल्ला समन्वय समिति सदस्यको निधनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाको वडा नं ५ बाट वडासदस्य पदमा निर्वाचित भई जिल्ला समन्वय सदस्य बनेका बलराम पन्तको निधनमा दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठकले आज नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिका मातहतका कार्यालय र शैक्षिक संस्थामा शोक दिवस मानाउने प्रयोजनका लागि बिदा दिने निर्णय गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए ।

पन्तको ६२ वर्षको उमेरमा शुक्लाफाँटा–५ गर्जमुनिस्थित आफ्नै निवासमा मङ्गलबार राति निधन भएको थियो ।

उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । पन्त वि .सं २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन पिपलाडी गाउँपालिकाको वडा नं ९ का वडाध्यक्षमा समेत निर्वाचित भएका थिए । रासस



प्रतिक्रिया दिनुहोस !