२० बैशाख २०८१, बिहिबार

तुलसीलाई किन घर भित्र लगाउनु हुँदैन ?

प्रकाशित मिति :  16 September, 2021 4:40 pm


काठमाडौं । भगवान् श्री गणेशलाई ज्ञान, बुद्धि, समृद्धि र सौभाग्यको देवता मानिन्छ । कुनै पनि शुभकार्य गर्दा सबै भन्दा पहिला गणेशजीको पूजा गरिन्छ । संकट हटाउनको लागि विघ्नहर्ता गणेशको पूजा गरिन्छ ।

गणेशजीको पूजा गर्दा तुलसीको प्रयोग भने गरिँदैन । तुलसीको प्रयोग गर्यो भने गणेशजी रिसाउनु हुन्छ । यसको पछाडि एउटा पौराणिक कथा छ । गणेशजी बह्मचारीनै बस्न चाहानुहुन्थ्यो । तर गणेशले दुई ओटा विवाह गर्नुपर्यो ।

पौराणिक कथा अनुसार एउटा समय गणेशजी गंगाको किनारमा तपस्या गरिरहनु भएको थियो । तुलसी पनि विवाहको लागि गंगा तटमा तिर्थ यात्रा गर्दै आउनु भयो । यस समय तपस्या विलिन, रत्न जडित सिंहासनमा बस्नु भएको, शरीरमा चन्दनको लेपन र अनेक रत्न जडित हारमा मनमोहक देखिनु भएको गणपति महाराजमा तुलसीको नजर पर्यो ।

गणेशजीको मनमोहक छवि देखेर तुलसीजीको मन श्री गणेश तर्फ आकर्षित भयो । त्यहि समय तुलसीजीले गणेशको तपस्याबाट उठाउनु भयो विवाहको प्रस्ताव गर्नुभयो । तपस्या भंग भएपछि गणेशजी क्रोधित हुनुभयो र विवाहको प्रस्ताव स्विकार गर्नु भएन ।

गणेशजीले विवाहको प्रस्ताव अस्विकार गरेपछि तुलसीजीले क्रोधित भएर श्राप दिनु भयो । गणेशजीले पनि तुलसी असुरसँग विवाह होस् भनेर श्राप दिनु भयो । यो श्राप सुनेपछि तुलसीले श्री गणेशसँग माफि माग्न लाग्नु भयो ।

कथाका अनुसार गणपति महाराजले तुलसीजी सँग भन्नुभयो तिम्रो विवाह शंखचुर्ण राक्षससँग हुन्छ त्यसपछि तिमिले विरुवाको रुप धारण गर्नेछौ । तुलसीलाई घर भित्र लगाउनु हुँदैन । पौराणिक कथाका अनुसार तुलसीजीको पतिको मृत्यु पछि भगवान श्रीहरि विष्णुले तुलसीजीलाई प्रिय सखि राधा जस्तो मान्नु भएको थियो ।

तुलसीजीले विष्णुसँग भन्नुभयो कि म तपाईको घर जान चाहन्छु । तर श्री हरि मान्नुभएन र भन्नु भयो मेरो घर लक्ष्मीको लागि हो र मेरो मन तिमिमा छ । यसकारण तुलसीको बिरुवा मन्दिर र घरको बाहिर लगाइन्छ ।



प्रतिक्रिया दिनुहोस !